नेपाल–भारत सम्बन्ध बिगार्ने षड्यन्त्र भएको आशंका
अजमत अलि – नेपालगञ्जमा पाकिस्तानलगायत अन्य मुस्लिम देशको लगानीमा १३० मदरसा सञ्चालन भइरहेकाले नेपाल–भारत सम्बन्ध बिगार्ने षड्यन्त्र भएको आशंका गरिएको छ ।
सूचना विभागका एसपीले प्रतिवेदनमा बाँके जिल्लामा नेपालगञ्जमा ६ र जैसपुरमा ५ वटा मदरसा गरी जम्मा १३० मदरसा रहेको प्रतिवेदनमा लेखेको भनिएको छ ।
ती मदरसाहरूमा वहाबी र आईएसआईको गतिविधिका कारण जमात–ए–मिल्ली–इस्लामिया नेपाल, नेपाल इस्लामिक युवा संघ, नेपाल मुस्लिम इत्तेहाद संघ, इस्लामिक संघ नेपाल जस्ता मुस्लिम संगठनहरूको संरक्षण हुने सङ्केतहरू भेटिएको उल्लेख छ ।
फुलटेकरा मदरसाबाट रुपैडिहाका केही मस्जिदमा इस्लाम धर्मको प्रचार गर्न मौलानाहरू आउने–जाने सङ्केत रहेको समेत भनिएको छ । उत्तर प्रदेशका महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, श्रावस्ती, बहराइच, लखिमपुर खेरी र पिलीभीत जिल्लाहरूसँग करिब ५७० किलोमिटर सीमाना नेपालसँग जोडिएको छ ।
सोनौली, खुन्वा, रुपैडिहा नाकाबाहेक दुई देशबीच आवतजावतका लागि तीन सयभन्दा बढी पैदलमार्गहरु रहेको बताइएको छ । उत्तर प्रदेश पुलिसले आतंकवादी गतिविधिको निगरानी र तस्करीलाई रोक्न अपरेशन चलाइरहेको समेत समाचारमा भनिएको छ ।
यता भारतीइय पक्षबाट नेपाल र पाकिस्तानलाई समेत बदनाम गर्ने गरी आएको भनिएको प्रतिवेदन र समाचारको भने नेपाल प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले यी समाचारहरु अफवाह बाहेक अन्य केही नभएको प्रतिक्रिया दिएका छन् ।
मिडिया संगा कुराकानीमा सूचना अधिकारी मगरले बाँके जिल्लामा भर्खरै मात्रै मुस्लिम समुदायमा विभिन्न चाडहरु मोहरम, मोहम्मद डे लगायत सोहार्दपूर्ण रुपमा सम्पन्न गरिएको भन्दै त्यस्ता समाचार र रिपोर्टहरुको कुनै आधिकारिकता नरहेको बताएका छन् ।
उनले बाँके जिल्लामा संचालित मदरसाहरुका बारेमा भारतीय पक्षबाट आधिकारिक, अनैपचारिक र अनौपचारिक रुपमा समेत कुनै जानकारी र गुनासो समेत अहिलेसम्म नआएको उनले जानकारी दिएका छन् ।



