भारत संग जोडिएको सिमानाका तत्काल खुल्ला गर्न सरकार संग माँग

नेपाल भारत अन्तर्राष्ट्रिय सीमा तत्काल खोली आवत जावत सुचारू गर्न जनता समाजबादी पार्टी बांकेले जिल्ला प्रशासन कार्यालय बांके मार्फत प्रधानमंत्री लाई ज्ञापनपत्रदिएको छ । भारत नेपाल सिमानाका हाललाई कोरोना महामारीका बन्द रहेको छ ।

हरेक दिन भारत जाने भारतीय नागरिक अधार कार्ड देखाई तथा नेपाली नागरिकता देखाई नेपाल आउने दिएको भए पनि दिनहु जसो काम पर्ने नेपाली नागरिकहरुको ब्यापारिक ब्यवसाय ठप्प भएको छ । सिमा क्षेत्रबाट नागरिक आवत जावत गर्न नपाउँदा नेपालगंज बजार समेत प्रभावित भएको छ भने सिमानाका स्थित रहेको भारतीय बजार रुपैडिहा पुर्ण रुपमा ब्यापार धरासायी हुदै गएको छ । जनता समाजवादी पार्टी बाँकेले भारत संग जोडिएको सिमानाका तत्काल खुल्ला गर्न सरकार संग माँग गरेको छ । शुक्रबार बाँके अध्यक्ष गिरीजा प्रसाद पाठक नेतृत्वमा गएको टोलीले बाँके प्रशासन मार्फत प्रधानम्न्त्रीलाई सो माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा को्रोना महामारीका कारण नेपाल भारत सीमा लामो समय सम्म बन्द गरिदाँ नेपाल भारत बीच रहेको आर्थिक, सामाजिक, साँःकृतिक सम्बन्ध धरापमा परेको उल्लेख गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्नको लागि गरिएको सीमा सिलको अहिले कुनै औचित्य नरहेको भन्दै तत्काल सिमानाका खुल्ला गर्न माँग गरिएको अध्यक्ष पाठकले बताउनु भयो । सीमा बन्द भएको कारणले स्थानिय स्तरमा हुने ब्यापार ब्यवसाय समेत ठप्प रहेको र होटल खुले पनि भारतीय पर्यटक र उपभोक्ताहरु नेपाल भित्र प्रवेश नगरे होटल ब्यवसाय समेत धरापमा पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सीमा सिलका कारण मध्यम र निम्न वर्गका जनता सबभन्दा बढी मर्कामा परेको हुनाले तत्काल सीमानाका खोली सर्वसाधारणको आवत जावत सुचारु गरी जीवन स्तर सुधार गर्नमा सहयोग गरी दिन हुन जनता समाजवादी पार्टी बाँकेले अनुरोध समेत गरेको छ ।

अधिवक्ता एवं जसपाका नेता रामकुमार दिक्षित , कौशल किशोर मिश्र , गिरीजा पाठक , राज किशोर मिश्र सहितको उपस्थिती निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेता दिक्षितले समाजिक संजालबाट जनाउनु भयो ।



