२ श्रावण २०८३, शनिबार

नेपालगंजमा कोरोनाबाट ८५ बर्षीया महिलाको मृत्यु

एसीपी संवाददाता

२३ आश्विन २०७७, शुक्रबार ०४:०७ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्वोजीकी ८५ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा विहीबारराती मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ आईसीयू नभएपछि उनलाई भेरी अस्पतालको प्रि(आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

कोभिडको आशंकामा विहीबार स्वाव संकलन गरिएको थियो । तर उनको उपचारकै क्रममा राती ९ बजे मृत्यु भयो । उनी लामो समय दमको विरामी भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएको रिपोर्ट भने शुक्रबार विहान ७ बजेमात्र आएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठ जानकारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x