१८ भाद्र २०८३, बिहीबार

नेपालगञ्ज उपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने

एसीपी संवाददाता

२१ मंसिर २०८१, शुक्रबार ११:३४ मा प्रकाशित

नेपालगञ्ज उपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने भएको छ ।

उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधनको शोकमा यही मंसिर २१ गते शुक्रबार एक दिन शोक बिदा दिइएको छ ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नेपालगञ्जका २३ वटै वडाबाट प्रदान हुने सेवा शुक्रबार बन्द गरिने जनाएको छ ।

उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखामा कार्यरत रामरती बाल्मिकीको निधन भएकाे हाे ।

उपमहानगरले बाल्मिकीकाे निधनप्रति दु:ख व्यक्त गर्दै मृतआत्माकाे चीर शान्तिकाे कामनासहित समवेदना प्रकट गरेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x