२ श्रावण २०८३, शनिबार

नेपालगञ्जकी उपमेयर मगरलाई कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२७ आश्विन २०७७, मंगलवार १३:५५ मा प्रकाशित

नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिँदै आउनुभएकी उपमेयर थापा मगरलाई कोरोना पुष्टि भएको हो । रुघाखोकी लागेर घाँटी दुख्ने समस्या भएपछि स्वाब दिनुभएकी उहाँलाई कोरोना देखिएको हो । कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफू होम आइसोलेसनमै बसेको उपमेयर थापा मगरले बताउनुभयो । आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित साथ घरमै बस्न र लक्षण देखिएमा पिसिआर परिक्षण गराउन उहाँले आग्रह पनि गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x