३२ असार २०८३, बिहीबार

नेपालगञ्जमा ‘गुलज़ार-ए-अदब’ को ५८६औँ श्रृंखला सम्पन्न, मोहब्बत र मानवताका स्वरहरू गुञ्जिए

एसीपी संवाददाता

२७ बैशाख २०८२, शनिबार १२:३७ मा प्रकाशित

नेपालगञ्ज, बैशाख २७ — गुलज़ार-ए-अदब नेपालगञ्जद्वारा आयोजित साहित्यिक श्रृंखला अन्तर्गत ५८६औँ कार्यक्रम आज नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयमा भव्य रूपमा सम्पन्न भयो। “वो लफ़्ज़े मोहब्बत किया करता है” शीर्षकमा आयोजित यस विशेष श्रृंखलामा प्रेम, मानवता, संघर्ष र शान्तिको स्वर गुञ्जिएको थियो।

कार्यक्रमको प्रारम्भ शायर नोयोर मोहम्मद अन्सारीले आफ्ना गहकिला शेरहरूसहित सशक्त मिसरा प्रस्तुत गर्दै गर्नुभयो। उहाँको कविता विशेषतः फिलिस्तीनका पीडाहरूप्रति संवेदनशील थियो। उहाँले प्रस्तुत गर्नुभएको केही उल्लेखनीय शेरहरू यसप्रकार छन्:

> हर बम पे “सुकून” का कहा करता है,
वो लफ़्ज़-ए-मोहब्बत ही किया करता है।

> बच्चों के जनाज़ों पे भी चुप रहता है,
फ़िलस्तीन के आँसू नहीं देखे जाते,
वो कैमरा मोड़ दिया करता है।

> हम पत्थर से लड़ते हैं ईमान लिए,
वो टैंक मोहब्बत से चला करता है?

यस्ता दर्जनौँ मार्मिक पंक्तिहरूले कार्यक्रममा गहिरो भावनात्मक छाप छोडे।

त्यसपश्चात शायर नुरुल हसन राईले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभयो। उहाँका कविताहरूमा सामाजिक यथार्थ र प्रेमको भाव छचल्किएको थियो।

उनीपछाडि शायर मेराज हिमालय साहबले आफ्नो भावनात्मक रचना प्रस्तुत गर्नुभयो, जसले श्रोताको मन जित्यो।

त्यसपछि क्रमशः जनाब हसन साहब, शायर सैयद सरवर नेपाली, अन्सार नेपाली साहब, अनि पत्रकार तथा शायर आरिफ अन्सारीले आफ्नो मिसरा र विचार प्रस्तुत गर्दै प्रेम, समरसता र सत्यका स्वर मुखरित गरे।

कार्यक्रममा विविध विधाका शेर र कवितामार्फत मोहब्बत, संघर्ष, सामाजिक न्याय र अन्तर्राष्ट्रिय मुद्दाहरू समेटिँदा उपस्थित साहित्यप्रेमीहरू भावुक र प्रफुल्लित बने।

गुलज़ार-ए-अदब नेपालगञ्ज द्वारा निरन्तरता दिइँदै आएको यो श्रृंखला साहित्य र मानवताको सेतुका रूपमा स्थापित बन्दै गएको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x