४ आश्विन २०८३, आईतवार

नेपालगञ्जमा प्रहरीको एक्सन: १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्-श्रीमती पक्राउ

एसीपी संवाददाता

५ आश्विन २०८३, सोमबार ००:२३ मा प्रकाशित

बाँके, असोज ४ — बाँकेको नेपालगञ्जबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जोडी श्रीमान्-श्रीमतीलाई पक्राउ गरेको छ।  

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौँका अनुसार मिति २०८३ असोज ४ गते ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको विशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।  

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी श्रीमती २५ वर्षीया पुजा लोनिया रहेका छन्। उनीहरू दुवै जना श्रीमान्-श्रीमती हुन्।

उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, १ थान मोटरसाइकल (भे ६ प ३७४५) र २ थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका श्रीमान्-श्रीमतीलाई लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x