३२ असार २०८३, बिहीबार

नेपालगन्ज उपमहानगरपालिका-२२ कान्ति तालमा रेलिङ पाइप चोरी, स्थानीयहरू आक्रोशित

एसीपी संवाददाता

२६ माघ २०८१, शनिबार ११:४६ मा प्रकाशित

नेपालगन्ज, – नेपालगन्ज उपमहानगरपालिका-२२ स्थित कान्ति ताल क्षेत्रबाट रेलिङ पाइप चोरी भएको छ, तर अहिलेसम्म प्रहरीले कुनै ठोस कारबाही अगाडि बढाएको छैन।

“किन प्रहरीले अहिलेसम्म ठोस कदम चालेको छैन? सार्वजनिक सम्पत्तिको चोरी हुँदा पनि कसैलाई चासो छैन, यो प्रहरी र ताल व्यवस्थापन समितिको लापरवाही होइन र?” एक स्थानीयले आक्रोश व्यक्त गरे।

स्थानीयहरूले चोरी नियन्त्रणमा लापरवाही भएको भन्दै सम्बन्धित निकायको आलोचना गरेका छन्। “यसरी सार्वजनिक सम्पत्तिको चोरी भइरहँदा प्रशासन किन मौन छ? प्रहरी तथा ताल व्यवस्थापन समिति के गर्दैछ?” एक स्थानीय बासिन्दाले प्रश्न गरे।

यस चोरीको घटनाले कान्ति तालको सुरक्षामाथि प्रश्न उठाएको छ। स्थानीयहरूले सुरक्षाका लागि सीसीटीभी जडान, गस्ती बढाउने र चोरी नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई दवाब दिइरहेका छन्। ताल व्यवस्थापन समितिले पनि यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

स्थानीय बासिन्दाहरूले तत्काल अनुसन्धानलाई तीव्र पारेर दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन्।स्थानीय बासिन्दाहरूले यस घटनाको गम्भीर छानबिन गरी दोषी पत्ता लगाउन तथा सुरक्षाका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
ताल व्यवस्थापन समितिले चोरी नियन्त्रण तथा सुरक्षाका लागि कस्ता कदम चाल्दैछ भन्ने विषयमा भने स्पष्ट जानकारी दिएको छैन। यस चोरीको घटनाले कान्ति तालको सौन्दर्य मात्र नभई सर्वसाधारणको सुरक्षामा समेत असर पुर्‍याएको छ। स्थानीयहरू दोषीलाई चाँडो पक्राउ गरी कडा कारबाही गर्न माग गर्दैछन।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x