नेपालगन्ज शहर बाट यातायात कार्यालय हटाउन लागेको भन्दै बिरोधमा र्याली
नेपालगञ्जलाई अधिकार बिहिन बनाउन खोजेको भन्दै बिरोध र्याली गरिने भएको छ । अहिले नेपालगन्ज बाट यातायात कार्यालयलाई सार्ने तयारी रहेको विभिन्न संचार माध्यम बाट सार्वजनिक भएको सबैलाई सर्बबिदित नै छ । प्रशासनिक, आर्थिक लगायत सामाजिक सद्भावको रुपमा बिगतका मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रकै प्रमुख शहर रहेको नेपालगन्जलाई अधिकार बिहिन बनाउन खोजेको भन्दै नेपालगन्जमा बिरोध र्यालीको आयोजना गरिएको जनता समाजवादी पार्टी नेपालले जनाएको छ ।
प्रेस बिज्ञप्ती
आदरणीय सम्पुर्ण सञ्चारकर्मी ज्युहरु नेपालगञ्ज प्रशासनिक, आर्थिक लगायत सामाजिक सद्भावको रुपमा बिगतका मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रकै प्रमुख शहर रहेको नेपाल अधिराज्यमै सर्वविधित नै छ । आर्थिक रुपमा नेपाल सरकारलाई व्यापार मार्फत र अन्य सरकारी राजस्व समेत उल्लेखनिय मात्रामा दिने नेपालगञ्ज अहिले आर्थिक रुपमा कमजोर भईरहेको छ। उधोग, व्यापार, पर्यटन, शिक्षा स्वास्थ्य लगायात अन्य आर्थिक रुपमा प्रचुर सम्भावना बोकेको नेपालगञ्ज अहिले बिभिन्न कारणले कमजोर भै रहेको छ ।
बिभिन्न कारण देखाई एक पछि अर्को सेवा प्रदान गर्दै आईरहेका महत्वपुर्ण सरकारी र गैरसरकारी सस्थाका कार्यालयहरु बुटवल, सुर्खेत र कोहलपुर गैरहेकोले नेपालगञ्ज थप आर्थिक रुपमा संकट पर्नेमा कुनै दुई राय नभएको नेपालगञ्जवासीले मनन गरेका छन्, तथापी नेपालगञ्जवासीले संयमता देखाई रहेको अवस्थामा जनतासंग प्रत्यक्ष सरोकार राख्ने नेपालगञ्जमा रहेको यातायात कार्यालय कोहलपुर लग्ने प्रकिया चलिरहेको विभिन्न माध्यमबाट हाम्रो पार्टीलाई जानकारी भएकोमा हाम्रो पार्टीर्को यस बिषयमा ध्यनाकर्षण भएको छ ।
यसै प्रेस विज्ञप्तीमार्फत लुम्बिनी प्रदेश सरकारकालाई नेपालगञ्जमा रहेको यातायात कार्यालयलाई कोहलपुर लग्ने भन्ने कुरा हल्ला मात्र नभई प्रदेश सरकारकै सहकार्यमा हुन लागेको हो भन्ने नेपालगञ्जवासी यस विषयको घोर बिरोध गर्दछ र हाम्रो पार्टी यस कार्यालय मात्र नभई अन्य कार्यालय यहाँ भन्दा बाहिर लग्ने प्रयास गरेमा हाम्रो पार्टी यस्ता कार्यको निन्दना गर्दछ र भोली मिति २०८१/०७/२८ गते समाजवादी युवा संघ र समाजवादी खेलकुद संघको अगुवाईमा नेपालगञ्जको बि.पि. चौक देखी त्रिभुवन चौक हुदै बांके जिल्लाको जिल्ला प्रशासन कार्यालमा प्रमुख जिल्ला अधिकारी सार्फत लुम्बिनी प्रदेशका सरकार प्रमुख माननीय मुख्य मन्त्री ज्युलाई ध्यानाकर्षण ज्ञापन पत्र बुझाईने र आवश्यकता अनुसार चरणबद्ध रुपमा बिरोधका थप कार्यकम गराईने पनि यहि विज्ञप्तीमार्फत आम सञ्चार माध्यमलाई जानकारी गराईन्छ भन्दै जनता समाजवादी पार्टी , नेपाल बाँकेका अध्यक्ष कौशल धोबीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जारी गरिएको छ ।



