नेपालगन्ज ३ खानेपानी कार्यालय जाने रोडमा घरको फोहोर पानीले बाटो हिलम्मे
रिसभ सिंह , बाँके नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गुरुद्वाराको साम्मुने हुदै खानेपानी कार्यालय र बागेश्वरी मन्दिर जाने बेला बाटो पुरै फोहोर पानीले हिल्लम्मे भएको छ । यहाँ जमेको फोहोर पानीले स्थानीयलाई आवातजावत गर्न समेत गर्हो भएको छ ।
आवतजावत गर्ने स्थानीय जनताले गुनासो गरेका हुन । अब यो बाटो भएर बागेश्वरी मन्दिर दर्शन गर्न जादा समेत यो फ़ोहोर पानीमा टेकेर जानू पर्ने हुन्छ । नेपालगन्ज उपमहानगरपालिका का साथै वडा कार्यालयको लापरबाहीले जनताले कहिले सम्म दु:ख उठाउने हो ? नेपालगन्ज उपमहानगरपालिकाले हरेक वडा कार्यालय मार्फत बाटो सफाई तथा नाला सफाईको जिम्मेवारी दिएको छ तर यहाँ किन कोइको आन्खा परेन । 
यहाँ विभिन्न धार्मिक स्थल जाने बाटो भएकोले यहाँ किन कसैको ध्यानाकर्षण हुन सकेन । जब कि यो बाटो मै पर्ने हनुमन्त गौशाला समेत रहेको छ । यो बाटो मै निर्माण हुने लागेको १०८ फिटको हनुमान मन्दिर समेत निर्माधिन रहेको छ यहि बाटो भएर खानेपानी कार्यालय , हनुमन्त गौशाला र बागेश्वरी मन्दिर जाने मुख्य बाटो रहेको छ ।
यो बाटोमा नालीको पानी किन जम्मा भएको हो भन्ने आवतजावत गर्ने जनतालाई सोधपुछ गर्दा बागेश्वरी बोर्डिङ स्कुलको होस्टेल समेत रहेको छ र होस्टेलको जम्मै फोहोर पानी यहि नालीमा खस्ने भएकोले यो बाटोमा पानी जम्मा हुने गरेको दृश्य हेर्यो ।
अब यो कस्को लापरबाही हो नेपालगन्ज उपमहानगरपालिकाको , ३ नम्बर वडा कार्यालयको या बागेश्वरी बोर्डिङ स्कुलको जुन नाला सफा नहुँदा पनि घरको फोहोर पानीले पुरै बाटोलाई हिल्लम्मे र दुसित गराउने गरेको हो । यहाँ दिनहु मान्छे भगवानको दर्शन गर्न आउनेजाने गर्छन् ।धार्मिक स्थलको मुख्य बाटो रहेकोले तत्काल संबंधित निकायले यस तर्फ ध्यान दिन जरुरी रहेकोे छ ।
गर्मीको बेला बर्षायाममा पानी जम्दा लामखुट्टे उत्पन्न हुने र डेङु महामारीको खतरा समेत हुनेगर्छ यस्ता लापरबाहीले स्थानीय जनताले समेत दु:ख पाईरहेका छ्न । यो गुरुद्वारा मुख्य बाटो रहेको छ त्यहाँ गुरुद्वारा समेत सिस झुकाउन आउने भक्तजनहरुले समेत गुनासो गरेका हुन । नेपालगन्ज उपमहानगरपालिकाले समयमै यस समस्याको समाधान गरिने छ भन्ने आशावादी रहौ । 


