२९ श्रावण २०८३, शुक्रबार

नेपालगन्जका ज्येष्ठ नागरिक रहमत अलीलाई ह्वीलचेयर सहयोग, दैनिक जीवनमा सहजता

एसीपी संवाददाता

२९ श्रावण २०८३, शुक्रबार २०:१७ मा प्रकाशित

दिनेश ठाकुर

नेपालगन्ज, साउन २८ — नेपालगन्जका एक विपन्न तथा अशक्त ज्येष्ठ नागरिकलाई ह्वीलचेयर सहयोग गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी ८५ वर्षीय ज्येष्ठ नागरिक रहमत अली जोलाहालाई समाजसेवी विकास बहादुर सिंहले एक थान ह्वीलचेयर प्रदान गर्नुभएको हो।

सिंह नेपालगन्जस्थित गोल्डेन एबिसी स्कुलका सञ्चालक समेत हुनुहुन्छ। केही समयअघि हड्डी भाँचिएर हिँडडुल गर्न पूर्ण रूपमा अशक्त बन्नुभएका जोलाहालाई घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरिएको थियो।लामो समयदेखि ओछ्यानमै थलिनुभएका जोलाहाले ह्वीलचेयर पाएसँगै अब घरभित्र र बाहिर हिँडडुल गर्न निकै सहज भएको छ। सहयोग प्राप्त गरेपछि जोलाहा र उहाँको परिवारमा खुसीयाली छाएको छ।

ह्वीलचेयर हस्तान्तरण गर्दै समाजसेवी विकास बहादुर सिंहले समाजका असहाय, अशक्त र ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफ्नो प्रमुख सामाजिक दायित्व भएको बताउनुभयो। सिंहले भन्नुभयो, “हाम्रो सानो प्रयास र सहयोगले कसैको दैनिक जीवन सहज बन्छ र उहाँहरूको अनुहारमा खुसी आउँछ भने त्यो नै सबैभन्दा ठूलो सन्तुष्टि हो। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनेछु।” स्थानीय बासिन्दाहरूले समाजसेवी सिंहको यस मानवीय कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि समाजका विपन्न र असहाय वर्गका लागि यस्तै सहयोगको अपेक्षा राखेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x