नेपालगन्जको ईदगाह गेट निर्माण अलपत्र , भ्रष्टाचार हुनसक्ने अनुमान
नेपालगन्जको ईदगाह गेट निर्माण अलपत्र, शिलान्यास भएको ३६ महिनापछि पनि काम अधुरो
नेपालगन्ज उपमहानगरपालिकाको बजेटबाट निर्माणाधीन ईदगाह गेटको काम शिलान्यास भएको ३६ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन।
उपमहानगरपालिकाको अभिलेखअनुसार आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा बजेट निकासा भई निर्माणकार्य भएको देखिन्छ। साथै आर्थिक वर्ष २०८१/८२ मा २८ लाख १९ हजार १०० रुपैयाँ २० पैसा बजेट विनियोजन भए पनि उक्त रकम निकासाका लागि उपभोक्ता समितिबाट आवश्यक पहल नभएको योजना शाखाको भनाइ छ।
यस्तै चालु आर्थिक वर्षमा विनियोजित ४० लाख रुपैयाँ समेत खर्च हुन नसकी फ्रिज हुने अवस्थामा पुगेको योजना शाखाले जनाएको छ।
उपभोक्ता समितिमा को–को छन् ? निर्माण कार्य किन सुस्त भयो ? बजेट कार्यान्वयनमा कसको जिम्मेवारी ?
यस सम्बन्धी विस्तृत विवरण र सम्बन्धित पक्षहरूको धारणा सहितको रिपोर्ट छिट्टै प्रस्तुत गर्नेछौं। यस विषयमा तपाइँको धारणा कमेन्ट गर्नु होला ! साथै खोजमुलक समाचार, रोचक जानकारीका लागि #rubarunews फालो गर्न नबिर्सनु होला । श्रोत – रुबरुएफएम



