१९ आश्विन २०८३, सोमबार

नेपालगन्जको शैक्षिक हब बन्दै ‘भेरी कलेज’, इन्जिनियरिङ र व्यवस्थापन शिक्षामा जोड

एसीपी संवाददाता

१९ आश्विन २०८३, सोमबार १५:०० मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, असोज १९ — पश्चिम नेपालकै प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास हुँदै गएको नेपालगन्जमा भेरी कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (BCEM) ले प्राविधिक तथा व्यवस्थापन शिक्षामा आफ्नो पहिचान स्थापित गर्दै लगेको छ।

सुदूरपश्चिम विश्वविद्यालय (FWU) बाट सम्बन्धन प्राप्त कलेजले दक्ष इन्जिनियर तथा कुशल व्यवस्थापक उत्पादन गर्ने उद्देश्यसहित शैक्षिक गतिविधिलाई अघि बढाइरहेको जनाएको छ।

नेपालगन्ज–८, रंगशाला रोडमा अवस्थित कलेजले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक तथा बजारमुखी शिक्षालाई प्राथमिकता दिएको कलेजका प्रिन्सिपल ई. छिनिड लाल थापा मगरले बताउनुभयो।

उहाँका अनुसार विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने कलेजको मुख्य उद्देश्य रहेको छ।

बजारको मागअनुसार इन्जिनियरिङ र व्यवस्थापन शिक्षा
कलेजले हाल मुख्य रूपमा बी.ई. सिभिल इन्जिनियरिङ र बी.बी.ए. (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बी.ई. सिभिल इन्जिनियरिङ अन्तर्गत विद्यार्थीलाई पूर्वाधार विकाससँग सम्बन्धित आवश्यक प्राविधिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्य राखिएको छ। यसका लागि प्रयोगात्मक शिक्षामा जोड दिँदै प्रयोगशाला तथा अनुभवी प्राध्यापकको व्यवस्था गरिएको कलेजले जनाएको छ।

त्यस्तै, बी.बी.ए. कार्यक्रममार्फत व्यवस्थापन, व्यवसाय तथा कर्पोरेट क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ। विद्यार्थीमा नेतृत्व क्षमता, उद्यमशील सोच र व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको कलेजको भनाइ छ।

स्थानीय स्तरमै गुणस्तरीय शिक्षा दिने लक्ष्य
कलेजले नेपालगन्जमै इन्जिनियरिङ तथा व्यवस्थापनको उच्च शिक्षा उपलब्ध गराउँदै स्थानीय विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

कलेज प्रशासनका अनुसार विद्यार्थीका लागि शैक्षिक वातावरण, पुस्तकालय, प्रयोगशाला तथा खेलकुदलगायतका आवश्यक पूर्वाधार विकासमा समेत ध्यान दिइएको छ।
नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै कलेजले भर्ना तथा विद्यार्थी अभिमुखीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

स्थानीय तथा आसपासका जिल्लाका विद्यार्थीलाई प्राविधिक र व्यावसायिक उच्च शिक्षाका लागि अवसर प्रदान गर्दै आएको भेरी कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगन्जको शैक्षिक क्षेत्रमा थप स्थापित हुँदै गएको कलेजको दाबी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x