३२ असार २०८३, बिहीबार

नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

एसीपी संवाददाता

१० जेष्ठ २०८२, शुक्रबार १४:४३ मा प्रकाशित

नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार नेपालगन्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गर्नुभयो।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर बिष्टले नेपालगन्जको खेल क्षेत्रको बिकासमा पालिका सधैं साथमा रहेको बताउनुभयो। राष्ट्रिय र अन्तरराष्ट्रीय स्तरमा नेपालको शिर उचो पार्ने माध्यम खेल नै भएको जिकीर गर्दै मेयर बिष्टले खेलकुदको बिकासमा गैर सरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नु पर्ने बताउनुभयो। खेलाडी उत्पादन गर्ने प्रमुख थलो बिद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उहाँको भनाई थियो। समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले खेलकुदमा योगदान दिएका पुर्ब खेलाडीलाई एकीकृत गर्दै खेलक्षेत्रको सम्बर्द्धन र बिकास गर्ने उद्देश्यले गतबर्ष पौषमा पुर्ब खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम थप क्रियाशिल बनाउदै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो। प्रतियोगितामा ब्वाईज अण्डर-15 ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँले आज बेलुकासम्म क्वार्टर फाईनलका सम्पुर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाईनल र फाईनल खेल भोलि हुने बताउनुभयो। अण्डर-15 तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: नगद १० हजार, ५ हजार र २५/२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: नगद २० हजार, १० हजार र ५/५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिनुभयो ।यसअघि समाजका उपाध्यक्ष शान्ती सिंहले स्वागत गर्नु भएको उद्घाटन समारोहमा सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रथम नेपाली महिला ओलम्पियन पार्बती थापा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, अग्रज खेलकर्मी लगायतको उपस्थिति रहेको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x