२ श्रावण २०८३, शनिबार

नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु

एसीपी संवाददाता

२५ आश्विन २०७७, आईतवार ०५:५३ मा प्रकाशित

नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु भएको छ । नेपालगन्ज  १० का ८४ बर्षीय पुरुष र कोहलपुर ८ गोल्छाका ७१ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा शनिवार राती मृत्यु भएको हो ।

मृतक ८४ बर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आंशकामा असोज ६ गते बागेश्वरी ल्याबबाट स्वाव संकलन गरिएको थियो । असोज ७ गते कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो ।

त्यस्तै मृतक कोहलपुर ८ गोल्छाका ७१ बर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि कोरोना आशंकामा असोज १४ गते नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्याबमा स्वाब संकलन गरिएको थियो । सोही दिन कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पताल भर्ना भएकी ती महिलालाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै खाले उपचार गरेको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

पाँच मिनेटको फरकमा मृत्युवरण गरेका दुवैमा श्वासप्रश्वासको समस्या र कडा खालको कोरोना संक्रमण रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x