२३ आश्विन २०८३, शुक्रबार

नेपालगन्जमा पुष २७ गते जसपाको प्रदर्शन

एसीपी संवाददाता

१४ पुष २०७७, मंगलवार १०:४२ मा प्रकाशित

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद भंग गरेर नयाँ जनादेशका लागि बैशाखमा मध्यावती निर्वाचनको घोषणा गरेका थिए ।

उक्त कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी सडक आन्दोलनमा उत्रिएको हो ।

सो पार्टीले पुष २५ गतेदेखि आन्दोलन थाल्ने निर्णय गरेको हो । नेपालगन्जमा पुष २७ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालगन्जको विरोध प्रदर्शनलाई पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई , महेन्द्र राय, अमृता अग्रहरीलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । पुष २५ गतेदेखि सुरु भएर माघ ७ गतेसम्म चल्ने प्रदर्शन देशका मुख्य शहरहरुमा केन्द्रीत हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x