१७ भाद्र २०८३, बुधबार

नेपालगन्जमा प्रादेशिक महोत्सव-२०८१को ,पूर्वप्रधानमन्त्री प्रचण्डले गरे उदघाटन

एसीपी संवाददाता

१० माघ २०८१, बिहीबार २०:२८ मा प्रकाशित

बाँके नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको आयोजना र क्यान महासंघ बाँकेको सहकार्य नेपालगंजमा आजबाट प्रादेशिक महोत्सव २०८१ शुरू भएको छ ।

महोत्सव नेपालगन्ज उपमहानगरपालिका कारकाँदो स्थित रहेको सडक डिभिजन कार्यालय परिसरमा आज बाट शुरु भएको छ ।महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । प्रादेशिक महोत्सव २०८१ माघ १० देखी २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन समारोहको अवसरमा झाँकीसहितको र्‍याली निकालिएको थियो । र्‍यालीमा स्थानीय संस्कृति, परम्परा र विविधताको झल्को देख्न पाइयो। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन, संस्कृति, कला र पर्यटन प्रवर्द्धन गर्नु रहेको छ। र्‍यालीमा सहभागीहरूले विभिन्न जातजाति र समुदायका पोशाक, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरे। महोत्सवका क्रममा कृषि, हस्तकला, उद्योग, र स्थानीय व्यवसायका उत्पादनहरू प्रदर्शनीमा राखिने छन्।

उद्घाटन समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो । सांगीतिक प्रस्तुति दिनको लागि लोकप्रिय गायक जीवन शर्मा र भागिरथ चलाउनेको पनि उपस्तिथि रहेको थियो । उद्घाटन समारोहलाई सफल बनाउन उपस्थित दर्शकहरु लाई सहयोग गर्न हार्दिक अनुरोध गरिएको आयोजकले जनाएको छ । भोलि दोस्रो दिन पनि महोत्सवमा निकै विशेष हुनेछ आयोजकले जानकारी दिएको हो ।

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x