२४ भाद्र २०८३, बुधबार

नेपालगन्जमा युवाहरूको सक्रियतामा दही हांडी उत्सव भव्यताका साथ सम्पन्

एसीपी संवाददाता

२३ भाद्र २०८३, मंगलवार २३:५८ मा प्रकाशित

नेपालगन्ज, बाँके — श्रीकृष्णजन्माष्टमीको पवित्र अवसर पारेर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउस्थित महेन्द्र पुस्तकालय नजिकै स्थानीय युवाहरूको विशेष आयोजनामा दही हांडी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सनातन संस्कृति र परम्पराको जगेर्ना गर्दै आपसी भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस उत्सवमा बालबालिकादेखि वृद्धवृद्धासम्मको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न वडा नं. ८ का वडा अध्यक्ष रजनीश वाजपेयी तथा स्थानीय प्रशासनबाट पूर्ण सहयोग प्राप्त भएको थियो।

स्थानीय युवाले वडा कार्यालय र प्रशासनबाट मिलेको यो विशेष सहयोगप्रति आभार व्यक्त गरेका छन्।

यस सांस्कृतिक उत्सवलाई सफल बनाउन अग्रसर रहने स्थानीय युवाहरूको टोली: निखिल सिंह बाडिया , आनन्द ठाकुर , छोटु कश्यप , मोहित कश्यप , आर्यन कश्यप , सुजल गोडिया , सुरज विश्वकर्मा , युग ठाकुर , कृष्ण गुप्ता , प्रिंस कश्यप , अहम् सोनी , अंशु कश्यप , अमर ठाकुर लगायत स्थानीय युवा हरूको सहभागी रहेको थियो।

स्थानीय युवाहरूको यस प्रकारको सकारात्मक र रचनात्मक प्रयासले टोलमा एक किसिमको नयाँ उत्साह सञ्चार गरेको र आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने स्थानीय युवा निखिल सिंह बाडियाले बताएका छन्।

वडा अध्यक्ष, प्रशासन र स्थानीय युवाहरूको संयुक्त प्रयास तथा उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अत्यन्तै व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मद्दत पुगेको थियो, जसले टोलमा थप रौनकता र नयाँ उत्साह सञ्चार गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x