३२ असार २०८३, बिहीबार

नेपालमा पाकिस्तान विरोधी नाराले गुन्जियो मधेश प्रदेश

एसीपी संवाददाता

१३ बैशाख २०८२, शनिबार २०:११ मा प्रकाशित

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको सम्मानमा महोत्तरीको मटिहानीमा आयोजित श्रद्धाञ्जली समारोहमा पाकिस्तान विरोधी नारा लगाइएको थियो।
समर्थ नेपालद्वारा आयोजित माथिको कार्यक्रममा मानिसहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा मानिसहरूले सुदीप न्यौपानेलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका छन् ।
कार्यक्रममा बोल्दै समर्थ नेपालका संयोजक चन्दन दुबेले सुदीप न्यौपानेको हत्याको बारेमा पाकिस्तानी दूतावाससँग स्पष्टीकरण माग्न नेपाल सरकारसँग माग गरेका छ्न ।
यो आतंकवादी घटनापछि नेपालमा पनि जनतामा धेरै आक्रोश र बिरोध उठेको छ ।
विभिन्न हिन्दू संगठनहरूले विभिन्न स्थानमा इस्लामिक आतंकवादको विरोध गरिरहेका छन्। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x