३२ असार २०८३, बिहीबार

नेपालमा भारतिय नक्कली नोट किङ मानिने युनुस अन्सारी पुनः पक्राउ

एसीपी संवाददाता

१२ जेष्ठ २०८२, आईतवार १४:४४ मा प्रकाशित

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई पक्राउ गरेको छ।

नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी उनी शनिबार कारागार कार्यालय नख्खुबाट छुटेका थिए।

छुटेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइसकेको छ। उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले म्याद दिइसकेको छ।

पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस पटक पटक नक्कली नोट कारोबार धन्दामा फेरि समातिएका थिए। टेलिभिजन सञ्चालकको छवि बनाएका अन्सारी केही दशकदेखि भने भारतीय नक्कली नोट र लागुऔषध कारोबारीको ट्याग भिरिरहेका छन्।एजेन्सी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x