१ श्रावण २०८३, शुक्रबार

नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग दिने प्रतिबद्धता

एसीपी संवाददाता

१७ आश्विन २०८१, बिहीबार १९:३४ मा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् ।

नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।

नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x