२ श्रावण २०८३, शनिबार

नेपालमा सोमबार थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

२४ कार्तिक २०७७, सोमबार ११:२६ मा प्रकाशित

नेपालमा सोमबार थप २५७१ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १०५१ महिला र १५२० पुरुष गरि २५७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ११३६ , भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना देखिएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ११२६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । सोमबार थप १७९८ संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या १ लाख ५९ हजार ७२४ पुगको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छन् भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x