२६ आश्विन २०८३, सोमबार

नेपालसँग कहिले पनि शत्रुताको कुरा कल्पनामा पनि सोच्दैनौ -सिंह

एसीपी संवाददाता

६ माघ २०७७, मंगलवार १०:२३ मा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपालले जे भनेपनि छिमेकीका साथसाथै नेपाल आफ्नो छोटा भाइ भएको प्रतिक्रिया दिँदै सिंहले नेपालसँग शत्रुताको कुरा कल्पना गर्नै नसक्ने बताउनुभयो । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले आफ्नो भाई केही कुरामा रिसाएपनि त्यसलाई बसेर फकाउने बताउनुभयो ।

सिंहले भन्नुभयो, ‘नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्ध भएकोले नेपालसँग कुनैपनि विषयमा झगडा गर्नै सकिदैन् ।’ नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध भएकाले त्यसलाई टुट्न नदिने उहाँले बताउनुभयो । नेपालको जमिनमा सडक बनाएको कुरामा स्टेटमेण्ट आएको कुरामा पत्रकार चावलाले प्रश्न गर्दा सिंहले नेपाल र भारत भाइ भाई भएको र भाई भाईबीच जग्गा केही मिचामिच भएपनि त्यसलाई सुल्झाउने बताउनुभयो ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव बढेको थियो  ।

नेपालमा चर्को विरोध भएपछि उहाँले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताउनु भएकोे थियो । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिनु भएको थियो ।इमेजबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x