नेपाली काग्रेसमा हात मोल्ने प्रवृती
काठमाडौं – नेपाली काग्रेसमा वर्तमान सभापति शेर बाहादुर देउवाले पुन सभापति विधानत उम्मेदवार हुन नपाउने भएपछी काग्रेस भित्र थुप्रै सभापतिका लागी आकाक्षीं देखिएकाछन । विशेश गरेर संस्थापन र संस्थापन इतर बाट सभापतिका नामहरु चर्चामा छन !नेपाली काग्रेस भित्र दुईकाल सभापति भइसकेका शेर बाहादुर देउवा वर्तमानमा पाटी भित्र जति वलिया र उन्को दवदवाव काग्रेसमा छ पन्ध्रो महाअधिवेशन पछी त्यस्तो नहुन पनि सक्छ !यही कारणबाट देउवा काग्रेस सभापतिबाट बहिर्गमन हुदै गर्दा पनि आफ्नो दवाव र प्रभाव निरन्तर होस भन्ने आंकाक्षा उनमा छ ! यही आकाक्षा र अभिस्ट हेतु देउवाले आफ्नी धर्म पत्नी डा. आरजु राणालाइ काग्रेस भित्र स्थापित गराउदै आएका छन ! स्थापित गराउने नै क्रममा परराष्ट्र मन्त्री वनाएर आरजु राणाको राजनीतिक उचाइ त बडाउनु भयो यति मात्रै भएर देउवाको राजनीतिक अभिष्ट पुरा हुदैन !उनले सभापतिबाट बहिर्गमन हुदै गर्दा आफन्नो समुहबाट विस्वासिलो र भरप्रर्दो व्याक्तिको खोजिमा छन ! अहिले पुर्ण बाहादुर खड्का , डा. शशांक कोइराला , कृष्ण प्रसाद सिटौला , विमलेन्द्र निधी , प्रकाशमान सिंह लगागयत छन ! गगन थापा पनि यही समुह भित्र रहेर सभापतिको चर्चामा भएपनि अहिले सस्थापन समुह भित्रबाट उन्को नाम हराउन थालेको छ र पनि उनले सभापतिको आकांक्षा भने त्यगेका भने छैन । 
संस्थापन इतरबाट डा. शेखर कोइराला एकल उम्मेदवारको रुपमा चर्चाको शिखरमा छन ! गगन थापा संस्थापनइतरबाट या संस्थापनबाट उम्मेदवार हुने हुन उन्को पछिल्लो राजनीतिक रणनीतिले उन्को राजनीति कित्ता प्रस्ट नभएको वर्तमान अवस्थामा राजनीति अलिक धमिलिएको हुदा उन्को प्रस्ट छवि देखिन सकेको छैन ! उन्का पछि दगुर्नेहरु पनि अहिले द्विविधा र भ्रमित हुदै आएका छन ! डा. शेखर कोइराला सुरु देखिनै संस्थापन इतरको नेतृत्व गर्दै आएका छन !अहिले पछिल्लो पटक अझ प्रखर र कडा हुदै आएकाछन ! पाटी भित्रको विसंगति , विकृती होस या काग्रेस सम्मिलित गठवन्धन सरकारको संचालनमा देखिएको निराशा जनक शैलि को प्रतिबाद गर्नु औला ठडाउनु सबै भन्दा अग्र पंक्तिमा देखिएका छन ! अहिले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण होस या प्रधानमन्त्री के पी ओलिको जेष्ठ १५ गतेको राजावादीहरुको कार्यक्रमलाइ लक्षित गरेर व्यक्त गरिएको भाषणहोस या सरकार लाइ असफल हुने छुट छैन भन्दै ललकारेको होस ! धर्मको विसयमा जनमत संग्रह गर्नु पर्छ भन्दै यो म गराउन सक्छु भन्दै कमान्ड लिन सक्ने खालको अभिव्यक्ती दिएकाछन ! यस्तो स्पस्ट विचार राख्न सक्ने काग्रेस भित्र अरु कोही देखिएका छैनन र देखिन पनि चाहेका छैन ! डा. शेखरको अहिले आएर एकाएक काग्रेस भित्र उन्को उचाइ बड्दै एक्का हुन थालेका छन ! विधिवत सभापति काग्रेस भित्र देउवा भएपनि काग्रेस भित्र उन्को चर्चा र देश दौडाह हेर्दा सभापति नै उनि हुन सम्म काग्रेस भन्न थालेका छन !अहिले संस्थापन भित्र सभापति का आंकांक्षीहरु सभापतिका अगाडी आफ्नो दुबै हातका छाला पिल्सनेगरी हात मोल्दै सभापतिका अनुकुल र रुचीका विसयहरुमात्र व्यक्त गर्न देखिएका र देखाउन चाहेका छन ! पाटी संगठन वनाउने तिर जिल्ला जिल्ला दौडिन छाडेर बुढानिलकंठ को ढोका वरीपरी मात्रै देखिनु नै राजनीतिक दक्षता र योग्यता ठानेका छन र अझ पछिल्लो समयमा यो हात मोल्ने पात्रहरुमा कल्पना नगरेका व्याक्तिहरु पनि सभापतिका आकांछी हुनका लागी हात मोल्दै गरेरको देखिन थालेका छन ! काग्रेस भित्र यस्तो विसम परिस्थिती हात मोल्ने प्रवृती देखेर डा. शेखर सत्य वोल्नुस सत्य वोल्न नडराउनुस भन्छन !
डा. शेखरको पछिल्लो राजनीतिक व्यक्तित्व काग्रेस भित्रै भारी पर्न थालेको महशुश स्वय सभापति देउवा समेतमा अनुभुति हुदै गएको कारणबाट उन्ले अहिले नै संस्थानपनको सभापतिको उम्मेदवार घोषणा गर्न नसकेको अवस्थाले भोली डा. शेखर कोइरालालाइ नै काग्रेसको बागडोर जिम्मा लगाउने मनस्थिति वनाएको हुन सक्छ यस्तो अनुमान र अडकल स्वय संस्थापन भित्रकै केही सभापतिका आंकाक्षीहरु समेतले लगाउन महशुश गर्न थालेका छन । 
पन्ध्रो महाअधिवेशनमा अन्य राजनीतिक दलको प्रभाव
काग्रेस सभापतिआकांक्षीहरुमा छिमेकि मित्र राष्ट्रहरुको प्रभाव र दवाब त पर्ला नै तर त्यो भन्दै बडी प्रभाव नेपाल भित्रकै राजनीतिक दल र त्यस दलका नेताहरु र कार्यकर्ताको प्रभाव अझ बडी पर्छ !नेपाल भित्र र बाहिर पनि काग्रेसलाइ लोकतन्त्रको रक्षक को रुपमा लिएका छन ! काग्रेसबाटनै लोकतन्त्रको सुरक्षा हुन सक्छ भन्ने नेपाल भित्रकै अन्य राजनीतिक दलहरुको ठहर छ ! काग्रेसको विगत राजनितिक इतिहासले यो कुरा पुस्टी गरिसकेको छ ! पुर्व राजा ज्ञानेन्द्रबाट संसद भंग गरेर आफ्नो अध्यक्षतामा सरकार संचालन गरेको अवस्थामा अन्य राजनीतिक दलहरु निरिह देखिन्दै गर्दा काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले संसद पुनर्स्थापनाको मुध्दा उठाएर अन्तत पुनरस्थापना गराएरै छाडे ! यस्तै यस्तै राजनीतिक निर्णयले नै काग्रेस प्रति अन्य दलको हेर्ने दृस्टिकोण फरक भएर नै काग्रेस सभापतिको उम्मेदवार प्रति अन्यदल पनि गम्भिर र सचेत छन !
अव काग्रेस सभापति उम्मेदवार हुदै गर्दा काग्रेस सभापती र अन्य कसैको आशिर्बाद मात्रै भएर पनि पुग्दैन की ? उम्मेदवार प्रति अन्यदलले काग्रेस हाक्न सक्ने सही निर्णय लिन सक्ने र दुरगामी राजनीतिक निर्णय लिन सक्ने र अन्य राजनीतिक दलहरु प्रति कति सहिसुष्ण हुन सक्छ र मुलुकको आवस्यक्ता अनुसार तालमेल र गठवन्धन गर्न सक्छ त्यो पनि विचर्णिय छ ! अन्य दलका नेताहरु र कार्यकर्ताहरुको पनि काग्रेस भित्र पनि अत्यन्त मित्रवत व्यबहार भएका र अन्तरंग मित्रहरु छन जस्ले भोलि हुने माहाअधिवेशनमा आफ्नो इच्छित सभापतीमा मत हाल्न पनि केही हदसम्म प्रभाव पार्नसक्छ !
अहिले यो पक्षको अध्ययन नै नगरी अन्य राजनीतिक दलहरु र दलका नेताहरु प्रती निम्न स्तरको व्यबहार गर्ने निम्न स्तरको गालि गलोजमा उत्रने र सामाजिक संजालमा एकक्षणकोलागी हाइ हाइ र लाइक हेरेर दंग पर्नेहरुले भोलीको पन्ध्रो महाअधिवेशनको नतिजा त पर्खनैनपर्छ!




