१ श्रावण २०८३, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति देउवाको भनाइ १०० दिनमा सरकारको उल्लेखनीय काम

एसीपी संवाददाता

१७ कार्तिक २०८१, शनिबार १३:४४ मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन्। कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको दावी  गरे।

सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनको भनाइ छ। त्यस्तै, सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे ।

अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ । त्यस्तै, देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्या पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x