१२ असार २०८३, शुक्रबार
नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गर्ने
बिक्रम एसिपी न्युज । नेपाली खेलकुदको अभिलेखिकरणका लागि डिजिटल अभिलेखिकृत प्रोजेक्ट २०२० र २१ सुरु गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक संग्राहलयलको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत शुरु हुन लागेको हो । ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत नेपाली खेलकुदको इतिहासमा पहिलो पटक हुन लागेको परियोजनाले नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गर्ने भनिएको छ । यसअन्तर्गत ओलम्पिक संग्राहलयले नेपाली खेलकुदको सुरुवाती अवस्थादेखि हालसम्म खेल गतिबिधि, सहभागिता र उपलब्धिबारे अभिलेख राख्दै आएको छ । त्यस्तै नेपाली खेलाडी तथा खेल संघ बारेका ती अभिलेखलाई अब डिजिटल आर्काइभमा सुरक्षित राख्ने तयारी रहेको कमिटीले जनाएको छ ।
Subscribe
Login
0 Comments



