३२ असार २०८३, बिहीबार

नेपाली झण्डाको सम्मानमा १०औं राष्ट्रिय झण्डा दिवस

एसीपी संवाददाता

२ बैशाख २०८२, मंगलवार १०:१७ मा प्रकाशित

नेपालगन्ज । राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको नेपाली झण्डाको सम्मानमा १०औं राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा मनाइएको छ । नेपालगन्जको रामलिला मैदानमा बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा झण्डा दिवस मनाइएको हो ।

नेपाली झण्डाले सबै नेपालीलाई एक सुत्रमा बाँध्ने कुरालाई महसुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको सम्मानका लागि झण्डा महोत्सबलाई सबैको साझा कार्यक्रमको रुपमा मनाइएको हो । झण्डा दिवसको अवसरमा बोल्दै अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बर्षको पहिलो दिन नेपाली ध्वजको सम्मानका लागि झण्डा दिवसको परिकल्पना गरिएको बताए । कार्यक्रममा बरिष्ठ अधिबक्ता तथा बास नेपालका सल्लाहकार लोक बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापा मगर लगायतले झण्डा दिवसको बारेमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

दिवसको औपचारिक कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । यसैगरी बास नेपालका शाखामार्फत देशका विभिन्न जिल्लाहरुमा झण्डा दिवस मनाइएको छ । बैशाख १ गते नयाँ बर्षको पहिलो दिन बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, रुपन्देही, सल्यान, ललितपुर, दार्चुला, जाजरकोट, सिराहा, झापा, प्युठान लगायत जिल्लाहरुमा समेत झण्डा दिवस भब्यताका साथ मनाइएको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x