१२ असार २०८३, शुक्रबार

नेपाली सीमानजिक भारतीय भूभाग केन्द्रविन्दुमा भूकम्प

एसीपी संवाददाता

२६ भाद्र २०७७, शुक्रबार ०८:४४ मा प्रकाशित

एजेन्सी- शुक्रबार नेपाल–भारत सीमा नजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको हो ।

नेपाली सीमानजिक भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प भए पनि झापाका बाहुनडाँगीलगायतका केही क्षेत्रमा धक्का महसुस भएको थियो ।

यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x