नेविसंघपर्साले वीरगंजमा बढेकाे लामखुट्टे नियन्त्रण गर्न मेयर सरावगीलाई ज्ञापन पत्र
नेवि संघ पर्साले वीरगंजमा बढेकाे लामखुट्टे नियन्त्रण गर्न वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएकाे छ ।
नेवि संघ पर्साका अध्यक्ष विश्वास द्विवेदीकाे नेतृत्वमा वीरगंज महागरपालिका पुगेका नेवि संघका नेताहरु मेयर सरावगीलाई भेटी ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र मार्फत वीरगंज महानगरपालिकामा लामखुट्टे आतंकले जनजीवन अक्रान्त भएकाे प्रति नेवि संघकाे गम्भिर ध्यानाकर्षण भएकाे भन्दै लामखुट्टेका कारण डेङ्गु, मलेरिया जस्ता महामारी फैलिने खतराले विद्यार्थी तथा आम जनसमुदायलाई पिडा हुने भएकाेले वीरगंज महानगरपालिकालाई समस्या नियुनीकरण गर्न आग्रह गरिएकाे छ ।
ज्ञापन पत्र बुझाउन नेवि संघ पर्साका उप सभापति जितेन्द्र मिश्र, विकेस पटेल, जिल्ला सदस्य अमित राइडर, प्रसान्त कलवार,किषना दास इगराशन कलवार लगायतका नेता तथा कार्यक्रर्ता उपस्थित थियोे


