१ श्रावण २०८३, शुक्रबार

पर्यटन मजदुर संघर्ष समिति द्धारा काठमाडौंमा विरोध प्रदर्शन

एसीपी संवाददाता

११ आश्विन २०७७, आईतवार १२:५८ मा प्रकाशित

कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुलाइ राज्यले उपेक्षा गरेको भन्दै पर्यटन मजदुर संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको भृकुटिमण्डपबाट समितिले विरोध र्याली निकालेका हुन् । अहिलको अवस्थामा पर्यटन व्यवसायी मजदूरहरुको अधिकार अस्तित्व सुरक्षित गर्नलाई एकतावद्ध भएर सर्घष गर्नुपर्नेको समितिले जनाएको छ ।

लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।

धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएकाले पर्यटन दिवसको दिनलाई कालो दिनको रुपमा मनाउन विरोध प्रदर्शन गरिएको सर्घष समितिका संयोजक प्रकाश राईले बताउनुभयो ।

आफूहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उहाले बताउनुभयो ।

https://www.youtube.com/watch?v=MDutoZf1eog

….

गत वर्षको चैत महिना यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प भएको थियो । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको संघर्ष समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x