पाकिस्तान भारतिय हमला , कम्तीमा ३० जनाको मृत्यु पाकिस्तानको दावी
भारतमा भएको पहलगाम आतंकवादी हमलाको लगभग दुई साताह पछि भारतले पाकिस्तानको कश्मिर सहित स्थानमा ‘अपरेशन सिन्दूर’ नामक मिसनले मिसाइल हमला गरेको छ ।
बुधबार बिहान १ बजे ४५ मिनेटमा बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो । हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त गरेको हो ।
पाकिस्तानका स्थानीय रिपोर्टअनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको बताएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको भारतिय संचारले जनाएको हो ।
पाकिस्तानले हमलामा ८ सर्वसाधारणको मृत्यु र ३५ जना घाइते भएको बताएको छ ।
पाकिस्तान का अनुसार मस्जिदहरूलाई निशाना बनाइएको आरोप पाकिस्तानको रहेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले ‘निर्णायक जवाफ’ दिने बताई रहेका छ्न ।
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनापछि शान्तिपूर्ण समाधानको आशा व्यक्त गरेका छ्न । हमलाहरू पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको जवाफमा गरिएको हो। उक्त आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटनको बदला लिने भारतिय तीनै सुरक्षा र हमलाको जिम्मेवारी दिएको हो ।



