पाठेघरको मुखको क्यान्सर खोप अभियानमा जनताको पहुँच अभिवृद्धि गर्न मुस्लिम धर्मगुरुहरु संग अन्तक्रिर्या
नेपालगन्ज – जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर खोप अभियानमा जनताको पहुँच अभिवृद्धि गर्न मुस्लिम धर्मगुरुहरुको भूमिकाबारे अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले २०८१ माघ २२ गतेदेखि ६ फागुन २०८१ सम्म बाँके जिल्लाका सबै नगरपालिकामा सञ्चालन हुने आगामी खोप अभियानबारे धर्मगुरुहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । छलफल मुख्यतया १० देखि १४ वर्षका मुस्लिम बालिका र कक्षा ६ देखि १० सम्मका मुस्लिम विद्यार्थीहरूलाई खोप अभियानमा संलग्न गराउने रणनीतिहरूमा केन्द्रित थियो।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीको उपस्थिति रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामबहादुर चन्द; खिदमत फाउन्डेसनका अध्यक्ष डा ओबेदुर रहमान; मुजाहिद रजा कादरी, सल्लाहकार महेश नेपाली, कार्यवाहक कार्यकारी निर्देशक; र बाँके युनेस्को क्लबका फोकल पर्सन गुलाम गौस कादरी। कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले गरेका थिए ।
छलफलमा नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका २५ मुस्लिम धर्मगुरुहरुको सहभागिता रहेको थियो । उनीहरूले आफ्नो समुदायमा खोप अभियानको बारेमा चेतना जगाउने र मुस्लिम र गैर-मुस्लिम बालिकाहरूलाई जीवन बचाउने खोपमा पहुँच पुर्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा परवेज अली सिद्दिकी , रामबहादुर चन्दले अभियानको सफलता सुनिश्चित गर्न धार्मिक नेताहरूको महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिनु भयो ।




