३ श्रावण २०८३, आईतवार
प्रतिबन्ध लगाएको पार्टीको बिप्लवको एकीकृत जनक्रान्तिको झन्डालाई उच्च पारौं,७ औं पार्टी पुनर्गठन दिवस भब्यरूपमा सफल
सरकारद्धारा प्रतिबन्धित विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी कैलालीले सातौं पार्टी पुनर्गठन दिवस सप्पन्न गरेको छ । ‘एकीकृत जनक्रान्ति को झन्डा लाई उच्च पारौं, ७ औं पार्टी पुनर्गठन दिवस भब्यरूपमा सफल पारौं’ भन्ने मुल नाराका साथ कैलालीको कैलारी गाउँपालिकामा दिवस सप्पन्न गरेको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी करन थिए भने प्रमुख अतिथि थारुवान स्वायत्त जनसरकार प्रमुख महान थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बबरजंग सिङ ले गर्नुका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल महिला संघ क्रान्तिकारी कि जिल्ला अध्यक्ष सुनिता गरेकी हुन् । कार्यक्रममा पार्टीका, जनबर्गिय संगठन, पत्रकार र आमजनसमुदायको उपस्थिति रहेको थियो । धनगढीखबरबाट
Subscribe
Login
0 Comments


