१४ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओलि के संघीयता बिरोधि हुन ?

एसीपी संवाददाता

२७ पुष २०७७, सोमबार १८:२४ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलीले आघात पुराएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा बिघटनको विरुद्धमा नागरिक संगठनहरुले सोमबार काठमाडौंमा गरेको नागरिक भेलामा उहाले संविधानलाई मिच्दै संसद बिघटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आघात पुराएको आरोप लगाउनुभएको हो ।
पौष ५ गते प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म विपरित भएकै कारण संघर्ष गर्नुपरेको उहाले बताउनुभयो ।
त्यस्तै उहाले पदमा रहदा पदिय दायित्व पुरा नगरेका कारण अध्यक्ष केपी ओलीलाई कारवाही गरिएको जिकिर गर्नुभयो । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट ओली विचलित भएको उहाले आरोप लगाउनुभयो ।
अध्यक्ष नेपालले निर्वाचन आयोग कुनै व्यक्तिको लहडमा नचल्ने चन्दै ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्ने दावी गर्नुभयो ।

उहाले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको टिप्पणी गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x