१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलिले दिए प्रचण्ड दाईलाइ प्रधानमन्त्री बन्ने अवसर

एसीपी संवाददाता

३१ चैत्र २०७७, मंगलवार ०३:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सलबलाइरहेको बताएका हुन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’तर्फ इंगित गर्दे उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवालाई युद्धमा लगाउने नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको दाबी गरे । झण्डै दुई तिहाइको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भन्दै उनले प्रचण्डप्रति व्यंग्य गरे ।

‘शेरबहादुरजीलाई भेट्यो दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो, महन्थजीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो । किनभन्दा कम्युनिस्ट सरकार ठाल्नुपर्‍यो क्या त्यसकारण शेरबहादुर भइदिनुपर्‍यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्‍यो । कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि, कम्युनिष्ट आन्दोलनको एकता बचाउन,’ उनले भने, ‘यस्ता नक्कली कुरा गर्ने तत्त्व अहिले पनि छन् । सलबलाइरहेका छन् । यी चुनौती अहिले पनि छन् । तर, तपाईंहरू ढुक्क रहनुहोस् यस्ता छद्भेषी, वामपन्थीविरोधी, कम्युनिस्टविरोधी, प्रगतिविरोधी, अग्रगामी आन्दोलनविरोधी, राष्ट्रियता, लोकतन्त्रविरोधी तत्त्वहरूलाई सफलता साथ अगाडि जान दिइने छैन । यिनका गलत र आपराधिक उद्देश्य सफल हुन सक्ने छैन ।’

माओवादी अध्यक्ष प्रचण्डलाई आफूहरूले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । उनले भने, ‘सदस्यताबाट निस्कासन गरे धित पुर्‍याए हुन्छ । हामीले टाँसिदिएको जुँगा, अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौँ त्यसपछि सक्कियो ।’

उनले नेकपा एमाले, कम्युनिस्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाइको सरकार ढलाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्धत् रहेको दाबी गरे । माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दे लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कैयौँलाई पीडा दिएकाहरू नै ‘मैले आफ्नालाई छोडेर अरूसँग मिलेछु’ भनेर भन्ने गरेको भन्दै प्रधानमन्त्रीले प्रश्न गरे ‘झण्डै दुई तिहाइको पार्टी फुटाएर यो सरकार ढाल्नलाई कांग्रेससँग बिन्तीपत्र लिएर जाँदा आफ्ना छोडियो कि छोडिएन ? अन्त गइयो कि गइएन ?’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x