२ श्रावण २०८३, शनिबार
प्रधानमन्त्रीको नाम हटाइ स्वास्थ्यमन्त्री ढकाल विरूद्ध पेश भएको निवेदन सर्वोच्च अदालतलमा दर्ता
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरूद्ध पेश भएको अवहेलना निवेदनबाट प्रधानमन्त्रीको नाम हटाउन लगाएर सर्वोच्च अदालतले दर्ता गरेको छ।
हिजो पेश भएको निवेदन आज दर्ता गरिएको सर्वोच्च अदालतले जनाएको छ।
कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरूद्ध अवहेलनाको निवेदन सर्वोच्चमा पेश गरेका थिए।
यो निवेदन दर्ता प्रकृयाको अन्तिम चरणमा पुगेपछि अदालत प्रशासनले नमिलेको भन्दै रोकेको थियो। सेतोपाटीबाट
Subscribe
Login
0 Comments


