१ श्रावण २०८३, शुक्रबार

प्रधानसेनापति सिग्देल चार दिने भारत भ्रमणमा जाने

एसीपी संवाददाता

२० मंसिर २०८१, बिहीबार ०९:४३ मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन्। उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने छन्।

सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम छ। डिसिनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x