३२ असार २०८३, बिहीबार

बढैयातालमा माछापालक किसान र दाना उत्पादक कम्पनीवीच अन्तरकृया

एसीपी संवाददाता

८ बैशाख २०८२, सोमबार ०६:३७ मा प्रकाशित

बर्दिया, बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५मा माछा पालक कृषक र दाना उत्पादन भारतीय कम्पनीवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अर्श सप्लायर्स हवल्दारपुर बाँकेको आयोजनामा आईबी गु्रप अन्तगर्त फिश फिड एबिस एक्सपोटर््स ईन्डिया प्राईभेट लिमिटेड र माछापालक कृषकहरुको अन्तरकृया गरिएको दाना सप्लायर्स इलिसिया करैसीले बताए ।
स्थानीय किसानहरु बर्षौदेखि माछा पालन व्यवसाय गर्दै आएका व्यवसायलाई थप व्यवसायिकरण बनाउनका लागि प्रयोग गर्ने बिधि तथा दानाको प्रयोगका बारेमा जानकारी गराउनका लागि अन्र्तक्रिया कार्यक्रम गरिएको हो । अन्तकृयामा मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको राम्रो बृद्धि विकास र उचित आम्दानीका लागि एबीआईएस फिश फिड लाभदायक रहेको बताए ।
उनले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका प्रयासको वारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । जोडो सिजनमा तापक्रम कम हुदां माछा मर्ने भएको हुनले फोखरीमा प्लाष्टिक ओढाएर तापक्रम अनुकुल गराउने प्राबिधिबारे समेत प्रस्तुति मार्पmत किसानहरुलाई जानकारी गराइएको थियो ।
एबिस फिश फीड सबै प्रकारका माछाको लागि बनाईएको एउटा राम्रो आहार भएको र यसले माछाको उचित बृद्धि विकासका लागि आवश्यक पर्ने उच्च पोषण मांग पूरा गर्न मदत मिल्ने कम्पनीका असिस्टेन्ट वाईस प्रेसीडेन्ट रितेश कुमार सिंहले जानकारी दिए । एबिस फ्लोटिंग फिश फीड तथा एबिस एक्वास्टारवाट उच्च गुणस्तरीय माछामासु प्राप्त गर्न विशेषज्ञद्वारा सबै प्रकारका माछामा सही पोषण संन्तुलन बनाई राख्नको लागि यो फिडमा अनुसंधान र विकास गरिएको कम्पनीले जनाएको छ । एबिस फिश फीड अर्श सप्लायर्स कोहलपुर १५ हवल्दारपुरको बाट बजारभरी उपलब्ध छ । सबैले माछाका लागि उक्तदानको प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
अर्श सप्लायर्सका प्रमुख इलियास अहमद कुरेशीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बढैयाताल ५ का वडाअध्यक्ष तुलाराम थारुको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कल्पवृक्ष मत्स्य कृषक सहकारीका अध्यक्ष चन्द्रप्रकाश लम्साल, अगुवा मत्स्यपालक कृषक मिनराज पंगेनी, सिताराम थारु, आनन्द गिरी, मृगेन्द्र लम्साल, एबिस फिड एक्सपोर्टर सिराज अहमद लगाएत् बढैयाताल क्षेत्रका ५० बढी कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम संञ्चालन कमला सुबेदीले गर्नुभएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x