१२ मंसिर २०८३, शुक्रबार
बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध
मुगुको सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
बुधबार काठमाडौंको माइतिघरमा सहभागी बिद्यार्थीहरुले लक्ष्मी चौलागाईको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई फासीको सजाय माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘संविधानमा टाँसी दे, अपराधीलाई फाँसी दे’, ‘वी वान्ट जस्टिस’, ‘मुगु हत्या छानविन गर’ भन्दै चर्को नाराबाजी गरेका छन् । त्यस्तै, प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दे’, ‘परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे’, ‘अपराधीलाई फाँसी दे’लगायतका प्लेकार्ड बोकेका थिए । यही चैत २१ गते सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरिएको थियो ।
Subscribe
Login
0 Comments


