११ भाद्र २०८३, बिहीबार

बहुप्रतिक्षित बिरंगना कीर्तिलक्ष्मीको प्रतिमाकाे उद्धघाटन सम्पन्न

एसीपी संवाददाता

६ भाद्र २०८२, शुक्रबार २१:१९ मा प्रकाशित

काठमाडौं – बहुप्रतिक्षित बिरंगना कीर्तिलक्ष्मीको प्रतिमाकाे उद्धघाटन बाघभैरव मन्दिर प्रांगणमा सम्पन्न भएको छ ।

कीर्तिपुर वडा १ का अध्यक्ष इच्छा कुमार महर्जनले स्वागत मन्तव्य राखेर सुरू भएकाे कार्यक्रममा गुँदेय दापा खलले सुमंगल धुन बजाएपछि प्रमुख अतिथी बाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री पुकार महर्जन र विशिष्ट अतिथी कीर्तिपुर नगरपिता कृष्णमान डंगाेलले दीप प्रज्वलन गरेकाे थियाे । यससाथै बिरंगना कीर्तिलक्ष्मीकाे प्रतिमामा सेताे कपडाले ढाेकेकाे सेता कपडाकाे रिवन काटेर कार्यक्रमकाे उद्घाटन गरिएकाे थियाे ।

कार्यक्रमका अतिथी इतिहासबिद् एवम् संस्कृतिबिद् प्रयागमान प्रधानले आज एकदम खुशी लागेकाे दिन बिरंगना कीर्तिलक्ष्मी सम्मान गरि राखेका छाैं । याे कीर्तिपुरकाे सान हाे । ‘इतिहासमा के छैन कीर्तिपुरसित गोर्खालीबीच युद्व चार पटक भएकाेमा दुई पटक नराम्ररी पराजय भएकाे कस्ले हराएकाे हाे ? कालुपाण्डेको टाउँको काटियाे, कस्ले काटियो ? सुरप्रतापको आँखा फाेडियाे, कस्ले फोडियो ? ३ घण्टासम्मकाे युद्धमा कीर्तिपुर प्रवेश गरि षड्यन्त्रपुर्वक युद्वमा काे लडियाे ? एक जना पुरूष भेषमा लडाई लडेको थाहा पाएपछि गोर्खाली सेनाबाट बलात्कारबन्दिकाे हत्या हुन पुगेपछि उनीहरूकाे इज्जत जाने भयाे । सेनाबाट महिलाकाे हत्या हुन पुग्याे भन्ने कुरा प्रचारबाट नराम्राे असर हुने दरले बिरंगना कीर्तिलक्ष्मीको नामै बाहिर नल्याउने कार्य भएको सुनाए ।

उनले कुनै पनि पुस्तकमा तथा शासक बर्गको इतिहासमा नरहेको बिरंगना कीर्तिलक्ष्मी कीर्तिपुरका जनताले आफ्नो दुखेको घाउलाई अनुभव गर्दै सोही स्वरलाई कुनै विद्वानहरूले नाटक, चलचित्र, इतिहास अनुरूप तथा उपन्यासका प्रस्तुत गरिएकाे छ । साेही अनुरूप कीर्तिलक्ष्मीको मुर्ति नै राख्नुपर्ने धारणा राखेर अगाडि बढ्दै गर्दा आज बिरंगना कीर्तिलक्ष्मीको पुर्न कदसहितको प्रतिमाले पुर्णता पाएकाे खुशी व्यक्त गरे ।

कीर्तिलक्ष्मी निर्माण उपभाेक्ता समितिका अध्यक्ष शुद्वरत्न महर्जनले सबैको सहमति बमोजिम अनुरूप कीर्तिपुर गोर्खाली युद्वभएको स्थलमा स्थापना गर्नु पर्ने आधारमा कीर्तिलक्ष्मीको शालिक स्थापना जानकारी गराए । अव फेरी कीर्तिपुर प्रवेश गर्ने ल्याब स्कुल स्थापना गर्ने कीर्तिलक्ष्मी शालिक यो भन्दा अग्लो स्थापना गर्न सबैले पहल गर्नु पर्ने तथा कीर्तिपुरको प्रवेश गर्ने १२ ढोकामा बिरंगना कीर्तिलक्ष्मीको चिन्हको रूपमा पुनः शालिक हाल्ने बारेमा पुनः स्मरण गराए ।

उनले प्रतिमा निर्माण भएपछि जेठ १५ गते निर्माण सम्पन्न गर्नुपर्ने प्रावधान अनुसार जेठ २२ गते अर्थात कालुपाण्डेलाई मारिएको दिन कीर्तिपुर बिजयभएको दिनमै स्थापना गर्नुपर्ने व्यवस्थापन समितिको निर्णय बमोजिम शिला पत्रमा सो निर्णय समावेश जानकारी गराए ।

साथै बिरंगना कीर्तिलक्ष्मीको प्रमाणको आधार ललितपुर दरबार मुल चोकमा अन्तिम नेपाल सम्बत ८८२ पृथ्वीनारायण शाहले उपत्यका हमलाका क्रममा मल्ल राजाहरू एकजूट नभएको समयमा भक्तपुरका राजा रन्जित मल्ललाई काठमाडौं उपत्यकाका प्रमुख राजा मानिएको बखत सो ठाँउमा साक्षीका रुपमा बिरंगना कीर्तिलक्ष्मीको अभिलेख सो ठाउँमा रहेको जनाए । साथै सो अभिलेख धनवन्तकाजी, धवन्तका छोरा तथा कीर्तिलक्ष्मी भारो नाम रहेको आधारमा यी नामहरु काल्पनिक नाम नरहेको जनाए ।

कार्यक्रमका अतिथी कीर्तिपुर १० का वडा अध्यक्ष नरेश महर्जनले इतिहास भन्ने कुरा पढेर, हेरेर मात्रै थाहा पाइने भएको जनाउँदै कीर्तिपुर साँचिकै बीर हो र हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका निवार्ह गरेको छ । कीर्तिपुरका पुरूष मात्र नभई महिला पनि साँच्किकै बीर भन्ने कुरा इतिहासले बोलिरहेको रहेको छ । जुन बिरंगना कीर्तिलक्ष्मीको प्रतिमाले झल्काई रहेकोले सम्पूर्ण कीर्तिपुरका दिदिबहनीहरूको लागि गौरव रहेको जनाए। आगामी दिनमा कीर्तिपुरको विकास निर्माणमा आवश्यक राजनैतिक उथलपुथलमा हरेक कृयाकलपामा बिरंगना कीर्तिलक्ष्मी बनेर प्रत्येक नारी उठ्ने आशा व्यक्त गरे ।

विशेष अतिथी कीर्तिपुर नगरपिता प्रमुख कृष्णमान डंगोलले ‘कीर्तिपुरको इतिहासमा मात्रै सीमित नरहेको देशको इतिहास समेत जोडिएको ग्वाः पूखु उत्खन्न गर्नका लागि १० लाख बजेट बिनियोजन गरिउनुका तथा कीर्तिपुरको इतिहाससित सम्बन्धित पुनः निर्माण गरेको खण्डमा कीर्तिपुर खुल्ला संग्राहलय हुने धारणा राखे । उनले विदेशीहरु यहाँ आएको खण्डमा हामीसित भएका पुर्खाका सम्पत्ति सम्पदाहरु नै हेर्न आउने भएकाले लोप भएका सम्पदाहरु पुनः बनाउने कार्यमा सहयोग रहने जनाए ।

उनले पृथ्वीनारायणले कीर्तिपुरसितको युद्धको हमला ३ पटक हारको आक्रोश स्वरुप बदलालिन यहाँको इतिहास मेटिएकाले अब पुरानो इतिहास सबै मिलेर सकारात्मक सोचका साथ अगाडि बढेकाे खण्डमा असम्भव केही पनि नरहेको जनाए । साथै नारायण मन्दिर पुरानै संरचनामा नगरपालिकाले ३५ लाख बजेट बिनियोजन गरिएता पनि यसै बर्ष ५० लाख बजेट गरिएको अपुग भएमा थप बजेट बिनियोजन गरिने जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथी पुर्व संस्कृति तथा पयर्टनमन्त्री पुकार महर्जनले पृथ्वीनारायण शाहले कीर्तिपुर जित्न नसकेर मानव अधिकार हनन् गरेर कीर्तिपुर कब्जा गरिएकाे हो । सो बखत लड्ने हाम्रा पुर्खा नै हुन लडाईको नेतृत्व बिना युद्व हुँदैन । यत्रो १२ बर्ष लामो युद्वको नेतृत्वको कीर्तिलक्ष्मीले बीरताका साथ विपक्षी सेनासित आफ्नो प्राणसमेत वास्ता नगरि बीरता प्रर्दशन गरेको गौरवपूर्ण इतिहासका बारेमा विश्वमा प्रचार-प्रसार गरेको खण्डमा छक्क हुने भएकाले हाम्रो इतिहास हामीले नै अगाडि ल्याएर पर्यटक भित्राउने कार्य गरेको खण्डमा हाम्रो आर्थिक सुधार हुने धारणा राखे ।

कार्यक्रमका संयोजक नजराम महर्जनले कीर्तिलक्ष्मी काल्पनिक हो राख्नु हुँदैन भनेर विरोध भएकाेले प्रतिमा बनाउन ढिलाइ भएकाे तथा विभिन्न अवरोधका बावजूट पनि कीर्तिपुरको इतिहास, गौरव भएकाले प्रतिमा हाल्ने पर्छ भनेपछि मन्त्री पुकार महर्जनले १५ लाख बजेट विनियाेजन गरिएकाे हाे । आज बिरंगना कीर्तिलक्ष्मीकाे प्रति उद्घाटन गरेर मात्रै हुँदैन बिरंगन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x