१५ आश्विन २०८३, बिहीबार

बाँके, दाङ र कञ्चनपुरका एक एक जनाको उपचारका क्रममा मृत्यु

एसीपी संवाददाता

२१ पुष २०७७, मंगलवार ०८:५० मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँके, दाङ र कञ्चनपुरका एक एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय पुरुषको गएराति साढे १२ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ का १३ बर्षीय बालकको आज विहान पौने ८ बजे र कञ्चनपुरको महेन्द्रनगर ५ का ६० बर्षीय पुरुषको आज विहान ७.२० बजे मृत्यु भएको वलीले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ । ती मध्ये ४८ जना बाँके र ७९ जना जिल्ला बाहिरका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x