बाँकेको जमुनाह नाकामा एक्कसी कडाई किन ?
नेपालगन्ज – आज भोलि नेपालगन्जको जमुनाह नाकामा कडाई गरिएको छ । नेपालगन्जमा दैनिक उपभोग गर्ने बस्तुको लागि भारतबाट ल्याइएका सामानमा भन्सार कडाई गरिएको छ । केही समय पहिला पनि यस्तै प्रकारको नियमन भन्सार कार्यालयले लगाएको थियोे भने अहिले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लाग्ने नियम भएपनि घरायसी प्रयोजनका लागि भनेर यसअघि सामान खरिद गरी ल्याउनेहरुलाई जमुनाह नाकामा खटिएको प्रहरीले व्यवहारिकताका आधारमा छुट दिँदै आएको हो । एक्कासि नयाँ नियम र नयाँ प्रक्रिया गर्दा नेपाली जनता दु:खि हुने गरेको समेत एक जना उपभोक्ताले बताएका हुन ।
सशस्त्र प्रहरीले नाकामा चिसो पेय पदार्थ, सुर्तीजन्य पदार्थ र गुणस्तर प्रमाणित नभएका तेलहरु सिधै जफत गर्दै आएको छ । चामल लगायतका खाद्यवस्तु भन्सार तिरेर ल्याउने गरेको हो । यो नयाँ नियमले केही मर्कामा जनता छ्न भने ब्यापारीलाई सहज आशा गरिएको हो तर अबैध ओसारपसार नरोके सम्म नेपाल सरकारको लागि राजस्व संकलन नहुने एक जना बिज्ञले भने ।
भारतबाट खरिद गरी ल्याउने कुनैपनि सामान भन्सार नतिरी नेपाल प्रवेश गर्न नदिन जिल्ला प्रशाशन कार्यालय बाँकेले सुरक्षा निकाय र भन्सारलाई निर्देशन दिएको श्रोतले बताएको छ ।



