१८ भाद्र २०८३, बिहीबार

बाँकेको डुडुवामा डाँकाहरुको समूहद्वारा एक घरमा लुटपाट

एसीपी संवाददाता

१० पुष २०८१, बुधबार १२:०४ मा प्रकाशित

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिका वडा नं २ बेतहनीको एक घरमा गएराती डकैती भएको छ ।

बेतहनीका सन्तोष सोनीको घरमा गएराती (मंगलबार) ११ बजेको समयमा २५ जनाको समूहमा आएका डाँकाहरुले लाखौंको धनमाल लुटेर लगेका हुन् ।

उनीहरुले सोनीको घरबाट करिब ३० लाख बराबरको धनमाल लुटेर लगेको पिडितले जानकारी दिनुभएको छ । हतियारसहित आएका सबै डाँकाहरुले पुरुषहरुको हात बाँधेर घरको खानतलासी गरेर गरगहना लगायतका सामान लुटेका छन् ।

घर पछाडीबाट छिरेका डाँकाहरुको समूहमध्ये १५ जना घरभित्र पसेको र अन्य १० जना बाहिर बसेर पहरा दिएको पिडितले बताउनुभयो ।

दुई जना किशोरी, तीन जना किशोरसहित आठ जना रहेको परिवारमा कसैलाई केही नगरेपनि परिवारका पाका व्यक्तिहरुको डाँकाहरुले लुटपाट गर्ने क्रममा हात बाँधेका थिए ।

पाँच सय मिटरकै दुरीमा रहेको प्रहरीलाई डाँकाहरुले लुटपाट गरेको भनेर सम्पर्क गर्दा फोन नउठाएको पिडित सोनीले बताउनुभयो । बारम्बार फोन गर्दा पनि प्रहरीले फोन नठाएको भन्दै पिडितले डकैतीमा प्रहरीसमेत मिलोमतो रहेको आशंका गरेका छन् ।

यता घट्नाबारे थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताको सम्पर्क नम्बरमा सम्पर्क गर्दा फोन उठेन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x