१२ मंसिर २०८३, शुक्रबार

बाँकेको राप्ती सोनारी गाउँपालिकामा सेना सवार बस दुर्घटना

एसीपी संवाददाता

४ फाल्गुन २०७७, मंगलवार ०५:०३ मा प्रकाशित

बाँकेको राप्ती सोनारी गाउँपालिकामा सेना सवार बस दुर्घटना भएको छ।

दुर्घटनामा १० जना सैनिक घाइते भएका छन् । सोलुखुम्बुको नाम्चेबाट कालिकोटमा रहेको शमसेर दल गुल्मको लागि जादै गरेको टोली सवार ना ५ ख ५९१ नम्बरको बस राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा आज अबेर साँझ दुर्घटनामा परेको हो।

दुर्घटना भएको बसमा सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सैनिक सवार थिए। दुर्घटना भए लगत्तै सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको नेपालगन्ज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x