१ श्रावण २०८३, शुक्रबार
बाँकेमा कोरोना निको हुने संख्या ९ सय ८५

बाँकेमा आज थप १५ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । मेडिकल कलेज चिसापानी आइसोलेसनबाट ७ जना, भेरी अस्पतालबाट २ जना, होटल इन्द्रेणीबाट २ जना, होटल सिटी प्यालेस आइसोलेसनबाट २ तथा लायन्स डेण्टल र सुशील कोइराला क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट १/१ जना डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा बाँकेमा ३ सय ८६ र अन्य जिल्लाका ५ जना गरी ३ सय ९१ जना छन् । बाँकेमा हालसम्म १ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।

Subscribe
Login
0 Comments



