१ श्रावण २०८३, शुक्रबार

बाँकेमा थप एक संक्रमितको मृत्यू

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार ०३:५४ मा प्रकाशित

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीवार राती २ बजेर २५ मिनेटमा मृत्यु भएको हो । ती पुरुषका स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राती ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा ६ गते बिहान स्वाब संकलन गरिएको थियो । सोही दिन दिउँसो उनको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ । मृतक व्यक्तिको दुबै फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x