१ श्रावण २०८३, शुक्रबार

बाँकेमा बुधवार २८ कोरोना भाइरसका नयाँ संक्रमित थपिए

एसीपी संवाददाता

७ आश्विन २०७७, बुधबार १०:५४ मा प्रकाशित

बाँकेमा बुधवार २८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमा १६, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ९ र बागेश्वरी प्रयोगशालामा ३ गरी कोरोना भाइरस संक्रमणका २८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

थपिएका नयाँ संक्रमितमा १३ महिला र १५ पुरुष छन् । बुधवार थपिएका संक्रमितसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १ हजार ७ सय २ पुगेको छ । निको भएर घर जानेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

अहिलेसम्म बाँकेमा भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x