२ श्रावण २०८३, शनिबार

बाँकेमा २१ जना संक्रमित डिष्चार्ज

एसीपी संवाददाता

२६ कार्तिक २०७७, बुधबार ११:०७ मा प्रकाशित

बाँकेमा आज २१ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १२ पुरुष र ९ महिला छन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९१.३६ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ६३ जना छन् ।

बाँकेमा हालसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्युु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x