२ श्रावण २०८३, शनिबार

बाकेमा पहिलोपटक करवाचौथ प्रतियोगिता सम्पन्न

एसीपी संवाददाता

१६ कार्तिक २०७७, आईतवार ०८:४४ मा प्रकाशित

नवदुर्गा किर्तन ग्रुपले शनिबार नेपालगन्जमा महिलाहरुको महापर्व करवाचौथको शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रतियोगिताको आयोजना गरेको थियो ।

समाजसेवीका रमारानी वैश्यको संयोजकत्वमा भएको उक्त कार्यक्रममा “सोरह श्रृगार”प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा पचास बढी स्थानीय महिलाहरू सहभागी रहेकोमा समाजसेवीका श्री कृष्णादेवी पाण्डे प्रथम हुन सफल भए तथा “करवाचौथ क्वीन”उपाधी हात पार्न सफल भइन वा बिजेता घोषित हुनु भयो।

रमारानी वैश्यको अनुसार नवदुर्गा किर्तन ग्रुप नेपालगन्जले पहिलोपटक करवाचौथ प्रतियोगिता २०७७ को आयोजना गरेको छ।आयोजित कार्यक्रममा पचास बढी महिलाहरू सहभागी रहेको कार्यक्रममा पर्व विशेष गीतहरूमा नाचगान गरि रमाइलो समेत गरेका थिए।

कार्यक्रममा सासू वा जेठानीहरु संग आशिर्वाद लिइएको तथा एकआपसमा शुभकामना आदानप्रदान गरेका छ्न। यसैगरी आउने बुधबार हुने करवा चौथको पर्वकोलागि के कस्तो तयारी गर्नुपर्ने वा मनाउन बारे अभ्यास तथा छलफल समेत गरेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x