१९ भाद्र २०८३, शुक्रबार

बाढीपीडितका लागि बेवी ब्लुम मन्टेश्वरी स्कुल कोहलपुरद्वारा २३ हजार रुपैयाँ सहयोग

एसीपी संवाददाता

१९ भाद्र २०८३, शुक्रबार १३:५८ मा प्रकाशित

दिनेश ठाकुर कोहलपुर, भदौ १९ गते — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बेबी ब्लुम मन्टेश्वरी स्कुल, कोहलपुर–४, बाँकेले २३ हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यालयले बाढीपीडितको राहतका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम जम्मा गरिएको बैंकको रसिदसमेत विद्यालयले सार्वजनिक गरेको छ।

विद्यालयकी संथापक तथा सञ्चालक कल्पना पौडेलका अनुसार विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई साथ दिनु सबैको सामाजिक दायित्व हो। विद्यालयले साना बालबालिकाहरूलाई किताबी ज्ञानसँगै मानवीयता, सहयोग, सद्भाव र सामाजिक जिम्मेवारीको भावना विकास गराउने उद्देश्यले विभिन्न सामाजिक कार्यमा समेत जोड दिँदै आएको उहाँले बताउनुभयो।

सानासाना बालबालिकालाई  मन्टेश्वरी शिक्षामार्फत सिकाइरहेको विद्यालयले आफ्नै समुदायभन्दा टाढा विपत्तिमा परेका नागरिकको पीडालाई समेत आफ्नै पीडा सम्झेर गरेको यो सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको विद्यालयको यो योगदानलाई स्थानीयस्तरमा समेत प्रशंसनीय कार्यका रूपमा लिइएको छ।
बेवी ब्लुम मन्टेश्वरी स्कुल, कोहलपुर–४, बाँके परिवारलाई यस मानवीय तथा सामाजिक कार्यका लागि हार्दिक धन्यवाद एवं उच्च सम्मान।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x